चितवन, सोमबार, २६ जेठ २०७७ । चितवनमा एकैदिन ३० जना कोरोना संक्रमित फेला परेका छन् । भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यीमध्ये २४ जना चितवनका हुन् ।

त्यस्तै, पाँच जना नवलपुर र एक जना धादिङ्गका व्यक्ति रहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिनुभयो । कोरोना संक्रमित मध्ये २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यस्तै, निजि अस्पतालमा काम गर्ने १७ र २४ बर्षिय पुरुषमा पनि कोरोना पुष्टिभएको तिवारीले जानकारी दिनुभयो ।

पोजिटिभ देखिएकामध्ये भरतपुर–११ का ६८ वर्षीय पुरुषको अवस्था जटिल छ । उनको भरतपुरको नारायणी सामुदायिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । त्यस्तै दुई जना कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचाररत बिरामी हुन् । उनीहरु २५ वर्षका पुरुष र ६६ वर्षीया महिला रहेको डा. तिवारीले जानकारी दिनुभयो । उनीहरु चितवनकै हुन् वा बाहिरको भन्ने एकिन जानकारी भरतपुर अस्पतालले खुलाइसकेको छैन ।

पोजिटिभ देखिएकामध्ये माडी नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ६ जना छन् । उनीहरु सबै हालै भारतबाट आएका थिए । उनीहरुमध्ये १४ वर्षीया किशोरी छन् भने बाँकी ४६, २४, ४२, २० र २८ वर्षीय पुरुष छन् । भरतपुर महानगरपालिकाका ११ जना छन् । उनीहरुमध्ये भरतपुर–६ र २१ नम्बरका २ महिला र २ पुरुष हुन् । त्यस्तै भरतपुर–४ की २१ वर्षीया नर्स हुन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा भरतपुर वडा नम्बर २८का २ जना पुरुष, भरतपुर २७का १ महिला र एक पुरुष , भरतपुर वडा नम्बर११, १९, २०का एक एक जना पुरुषमाामा कोरोना पुष्टि अस्पतालले जानकारी दिएको छ । यी सवै भारतबाट आएको खुलेका छ । उनिहरु सवै क्वारेन्टाइनमा रहेका छन् । नवलपरासी सुस्ता पूर्वका ५ जना छन् । जसमध्ये ६३ वर्षका महिला तथा ३३, ३९, ४० र २१ वर्षका ४ जना पुरुष रहेका छन् ।

राजविराज–९ का एकजना महिला हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् । उनी ६२ वर्षकी छन् । त्यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षीया महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ ।चितवनमा पहिलोपटक एकै दिन २३ जनामा कोरोना देखिएको हो । चिकित्सक र नर्समा पहिलो पटक कोराना देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here