लन्डन, शनिबार, १३ बैशाख २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा आजसम्म २ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।

संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ सो रकम जम्मा भएको जानकारी दिनुभयो । संघले विश्वभर छरिएका गैर आवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वास्थ्य हेल्प लाइन शुरु गरीएको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी विरुद्ध लड्न सकृय भएका छन्, उहाले भन्नुभयो ।

(करिब २ करोड ७० लाख रुपैंया, अनलाईन सहित) पाईचार्टमा

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीबहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष” बिभिन्न देशबाट प्राप्त रकम (करिब २ करोड ७० लाख रुपैंया, अनलाईन सहित) पाईचार्टमा उल्लेख गरिएको छ । कोरिया एक्लै ५०% , युएसए १५%, जापान १३% योगदान गरी पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् भने अन्य देशको योगदान ५% वा त्यो भन्दा कम छ ।

साथै, एनसिसि हङकङ, मकाउ, चाईन र युएईले नेपाल पठाएको स्वास्थ्य सामाग्रीको तथा एनसिसिहरुको राहत कोषको रकम यसमा समेटिएको उहाले बताउनु भयो । नेपालीहरुको जीवन रक्षाको लागि तपाईको १ डलरले पनि महत्व राख्ने छ । अनलाईनबाट डेविट वा क्रेडिट कार्डले सहयोग गर्न सक्नु हुनेछ, भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here