February 24, 2024
राजनीति समाचार

एनसेल खरिद बिक्री प्रक्रिया रोकी घटनाको छानबिन र दोषीलाई कारबाही गर्न जसपाको आग्रह

काठमाडौँ, मंगलबार, २६ मङ्सिर २०८० । जनता समाजवादी पार्टीले एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको छ। पार्टीको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार सार्वजनिक निर्णयहरूको सो विषय उल्लेख छ ।

त्यस्तै, चुरे उत्खनन तथा गिट्टी बालुवा निकासी पैठारीसम्बन्धी सरकारले तयार पारेको विधेयक फिर्ता लिन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निधारित समयमै दल दर्ता गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय पनि गरेको छ ।

यसका साथै, कार्यकारिणी समितिको बैठकले यही पुस २५, २६ गते पार्टीको राजनीतिक समिति र २७ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ। जसपाले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी ८ सदस्यीय एक कार्यदल गठन भएको छ । उक्त कार्यदलले पार्टीको केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको लागि प्रस्ताव तयार पार्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *