काठमाडौँ, बुधबार, ६ मङ्सिर २०८० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।
आजको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा आगामी मङ्सिर १४ गतेदेखि सुरु गर्ने तयारी गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’का बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार (भोलि) काठमाडौंमा गर्ने प्रदर्शनलगायत विषय बैठकका एजेण्डा रहेका छन् ।