May 18, 2024
राजनीति समाचार

एमाले ललितपुरको अध्यक्षमा पहिलो पटक सुवर्ण श्रेष्ठको उम्मेदवारी

ललितपुर, आइतबार, २५ चैत्र २०८० । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पहिलो पटक महिला नेतृको उम्मेदवारी परेको छ । नेकपा एमाले ललितपुरको जारी नवौं अधिवेशनको क्रममा नेतृ सुर्वण श्रेष्ठले उम्मेदवारी घोषण गर्नु भएको हो ।

उम्मेदवारी दर्ता गरेपछि नेतृले सर्वसम्मत नेतृत्व छनौट हुन नसकेपछि आफूले पनि उम्मेदवारी दर्ता गरेको बताउनु भयो । जहिले महिला सदस्यमा, कहिले सह तिर मात्र झुन्डिएर बस्नु पर्ने अवस्थाको अन्त्यका लागि आफुले उमेद्वारी दिएको बताउनु भयो । साथै, उहाँले आफूले कसैको भोट काट्न नभई सक्षम नेतृत्व आवश्यक देखेर उम्मेदवारी दिएको बताउनु भयो ।

श्रेष्ठ पार्टीको जिल्ला सदस्य हुनुहुन्छ भने लामो समयदेखि खेलाडीको रुपमा देशको सेवा गर्दै आउनु भएको छ ।

सुवर्णसँगै अधिवेशनमा निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीले उम्मेदवारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *