ललितपुर, १० चैत २०७६ । ललितपुर स्थित गोदावरी नगरपालिकाका नगरप्रमुखले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गराउने भएका छन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आफूले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सको रुपमा उपलब्ध गराउने घोषणा गरेका हुन्। कोरोना भाइरसको आशंका भई स्वास्थ्य परिक्षण गराउन अस्पताल जानुपरेको खण्डमा नगरका जो-कोहिले उक्त गाडी प्रयोग गर्न सक्ने उनको उद्घोष छ ।

अस्पताल जानका लागि गाडी चाहिएमा सिधै उनको मोबाइल नम्बर ९८५१२६००१६मा सम्पर्क गर्न सकिने उनको भनाई छ ।

“नगरवासीहरुको स्वास्थ्यलाई ख्याल राख्दै, कोरोना भाइरसवाट कोही–कसैलाई संक्रमण/आशन्का भई तत्काल स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य चौकी तथा अस्पताल लैजानु परेमा नगरप्रमुखको हैसियतमा मैले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्वुलेन्सको रुपमा प्रयोग गर्न सकिने जानकारी गराउँदछु ।”,सोमबार नगरवासीका लागि एक संदेश जारी गर्दै सामाजिक संजालमा महर्जनले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here