काठमाडौँ, बिहिबार, २८ जेठ २०७७ । कोरोना भाइरसको कारणले अन्तिम समयमा रोकिएको गत वर्षको कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यसवर्ष नलिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा कोरोना महामारीका कारण रोकिएको एसइई परीक्षा तत्काल गर्न सक्ने अवस्था नभएको तथा शैक्षिक वर्ष क्षति हुन नदिनका लागि सम्बन्धित विद्यालयले गरेको मूल्यांकनलाई नै मान्यता दिने गरी निर्णय गरेको हो ।

गत चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा ५ गते सरकारले स्थगित गर्ने घोषणा गरेको थियो । कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here