बिशेष

एसियन गेमसको लागि ई-स्पोर्टस विधामा नेपालले लगायो खेलाडीको टुङ्गो

नेपाल ई-स्पोर्टस एशोसियसनले चिनको हाङझाउमा हुने एसियन गेमको लागि ई-स्पोर्टस विधाका खेलाडीहरुको टुङ्गो लगाउने काम अन्तिम चरणमा पुर्याएको छ ।पब्जी मोबाइल बाहेक अन्य गेमहरु डोटा-२, हर्थस्टोन, फिफा अनलाइन-४, एरिना अफ भालोर र ड्रिम अफ थ्री किङडम्स-२ नेपालको तर्फबाट भाग लिने टिम तथा खेलाडीको नेपाल ई-स्पोर्टस एशोसियसनले टुङ्गो लगाइ सकेको छ ।

नेपालको तर्फबाट डोटा-२ मा टिम विइ वन ई-स्पोर्टस , ड्रिम अफ थ्री किङडम्स-२ मा टिम भिडन्त, एरिना अफ भालोरमा रोरिङ लायनले सहभागी जनाउदै छन् । यसै गरी फिफा अनलाइन-४ मा समिर गुरुङ र हर्थस्टोनमा स्विकार गैरेले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै छन् ।

डोटा-२ को छनोटमा १० टिमले भाग लिएका थिए । जसमा पाँच-पाँच टिमको दुई समुह बनाइएको थियो जसबाट फाइनल टिम विइ वन ई-स्पोर्टसको टुङ्गो लगाइएको हो ।

त्यस्तै ड्रिम अफ थ्री किङडम्स-२ मा भिडन्त च्याम्पिएनस एरिनाबाट खेलाडीहरु छनोट गरेर टिम बनाइएको थियो र ति टिमहरु बिच नै प्रतिस्पर्धा गराएर विवेक लामा, सूमिन श्रेष्ठ, सगुन शाक्य, आसुतोष राजउपाध्याय, शिशिर सुबेदी र रोहिल महर्जन रहेका फाइनल टिम बनाइएको हो ।

एरिना अफ भालोरमा भने चार टिमले मात्र भाग लिएका थिए, जसबाट रोरिङ लायन फाइनल टिम बन्नपुगेको थियो ।

एकल खेलाडी खेल तर्फ भने हर्थस्टोनमा १० खेलाडीले सहभागिता जनाएका थिए । त्यस्तै फिफा अनलाइन-४ तर्फ भने १४ खेलाडीले भाग लिएका थिए । फिफा र हर्थस्टोन एक जना खेलाडी हुने खेल हो भने बाँकी चार खेल समूहगत खेल हो ।

नेपालबाट छनोट भएका सबै खेलाडी तथा टिमले रिजनल छनोटमा अन्य देशका टिम तथा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने छन् । त्यहाँको नतिजाको आधारमा नेपाली खेलाडी तथा टिमले एसियन गेममा प्रतिस्पर्धा गर्न पाउने कि नपाउने भन्ने कुराको टुङ्गो लाग्ने नेपाल ई-स्पोर्टस एशोसियसनका अध्यक्ष सुरज डंगोलले बताए । रिजनल छनोट एसियन स्पोर्टस फेडेरेसनले गर्दै छ । यो आँउदो जुन वा जुलाईमा हुने सम्भावना छ तर एसियन गेमस भने कैले हुन्छ भन्ने कुनै जानकारी छैन । यस भन्दा अगाडि भदौ २५ देखि असोज ९ सम्म हुने यकिन भएको थियो तर कोरोनाको कारणले अहिले स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published.