एजेन्सी, शुक्रबार, ३ पौष २०७७ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसियाली देशहरुमा कोरोनाविरुद्धको खोप तत्काल नआउने बताएको छ ।
खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले एसियामा तत्काल खोप पाउने सम्भावना नरहेको बताउँदै ६ महिनादेखि एक वर्षसम्म अझै कुर्नपर्ने संगठनले बताएको हो ।
त्यसैगरी, खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ-ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।
डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेका बताउनु भयो ।