Sunday, February 28, 2021
More

    ऐतिहासिक लिगलिगकोट चिनाउने उद्वेश्यका साथ पहिलो पटक ‘लिगलिगे साइकल दौड’ हुने

    गोरखा, आइतबार, १९ पुस २०७७ । ऐतिहासिक लिगलिगकोटलाई चिनाउने उद्वेश्यका साथ पहिलो पटक ‘लिगलिगे साइकल दौड’ हुने भएको छ । लिगलिगको पर्यटन विकास गर्ने गरी लिगलिग भिलेज स्पोर्टस्ले फागुन ७ गते पहिलो ‘लिगलिगे साइकल दौड’ को आयोजना गरेको हो ।

    दौडेर राजा बन्ने परम्पराको झल्को दिने गरी साइकल दौडको आयोजना गरिएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संजिव रानाले बताउनु भयो  । उत्त दौडले स्थानीयको साँस्कृतकि संरक्षण, पर्या-पर्यटन तथा साहसिक खेलको विकास हुने अध्यक्ष रानाले जानकारी दिनुभयो ।

    दौडका लागि पालुङटार नगरपालिकाले ५ लाख र नेपाल पर्यटन बोर्डले १० लाख रुपैयाँ सहयोग गरेको लिगलिग भिलेजले जनाएको छ । उक्त दौडमा सहभागी हुनका लागि माघ ७ गतेबाट आवेदन खुल्ला गर्ने भएको छ ।

    उत्त दौडमा नेपालीका लागि १ हजार ५ सय, सार्क राष्ट्रका लागि ५ हजार र तेस्रो देशका नागरिकका लागि १० हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क तोकिएको छ । रजिष्ट्रेशनका लागि लिगलिगे साइकल दौडको फेसबुक पेजमा गएर अनलाइन फर्म भर्न सकिने ब्यवस्था मिलाएको आयोजकले जनाएको छ ।

    पालुङटार नगरपालिका भित्रका साइकल दौडका ३ जनाले १ हजार देखी ३ हजार सम्म, गण्डकी प्रदेशका दौडमा सहभागीहरुलाई २ हजार ५ सय  देखी ५ हजार सम्म र अन्यको लागि १ हजार ५ सय  देखी २५ हजार सम्म पुरस्कार रासी राखिएको छ ।

    दौडमा १६÷१६ जना पुरुष तथा महिलालाई पुरस्कार दिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here