Sunday, February 28, 2021
More

    ओलीले नै संवैधानिक ‘कू’ गरे : माधव नेपाल

    काठमाडौं, शुक्रबार, ९ माघ २०७७ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका अध्यक्ष माधव कुमार नेपालले जननिर्वाचित व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर संवैधानिक कू गरेको आरोप लगाएका छन् ।

    काठमाडौंमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै नेपालले यसअघि तानाशाहहरुले संसद विघटन गर्ने इतिहास रहेकामा प्रधानमन्त्री ओली ती सबैभन्दा माथि पुगेको बताएका छन् । ओली नवतानाशाह बनेका पनि उनको भनाइ छ ।

    पार्टीमा ओलीले ५० वर्षदेखि आफूलाई दुःख दिएको नेपालले बताए । अहिले पार्टी एकतापछि प्रचण्डलाई पनि ओलीले यसरीनै सताएको उनले बताए । संसद विघटन गरेर ओलीले संवैधानिक कू गरेको भन्दै उनले ओली अबउप्रान्त कम्युनिष्ट नरहेको बताए ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here