काठमाडौं, मंगलबार, २० माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले यहि माघ २३ गतेका दिन काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । उक्त दिनमा हुने ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी नेकपाले जनाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेको थियो । सभाको तयारीका लागि भोली माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ ।

१६ स्थानबाट र्‍याली निकाल्ने तयारीसहित बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशला, माईतिघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोडलगायतका स्थानबाट र्‍याली निकाल्ने तय भएको छ ।

चारैतिरको र्‍याली नारायणहिटी संग्राहलय अगाडि टुंगीनेछ । ओली पक्षले संग्राहलय अगाडि सभा गर्ने घोषणा यसअघि नै गरेको थियो ।