May 18, 2024
राष्ट्रिय समाचार

कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौँ, सोमबार, १० वैशाख २०८१ । कतारका राजा शेख तामिम विन हमद अल थानी मंगलबार नेपाल आउने भएका छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *