दोहा, शनिबार, ३ असोज २०७७ । नेपाली राजदूतावास कतारको आयोजनामा “राष्ट्रिय दिवस तथा बिशेष संविधान दिवस” कार्यकम सम्पन्न भएको छ । दूतावासको सभाहलमा शनिबार सम्पन्न भएको उक्त कार्यक्रममा दूतावास परिवार तथा कतारका नेपाली समाजका अगुवा एनआरएनए प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा महामहिम राजदुत डा. नारद नाथ भारद्वाजले नेपाली दाजुभाई, दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना ब्यक्त गर्नु भएको थियो । साथै, उहाँले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार, बहु-धार्मिक, बहु-सांस्कृतिक र भौगोलिक विविधताका विशेष विशेषताहरूको गहिरो सम्बन्ध रहेको बताउनु भयो । नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धिका लागि लागि परेको खुशी ब्यक्त गर्नु भयो ।

नेपालको संविधानले सबै नेपाली नागरिकको समानता, स्वतन्त्रता, गरिमा र मानबअधिकारको ग्यारेन्टी दिएको र देश बहु-जातीय, बहु-भाषिक, बहु-धार्मिक, बहु-सांस्कृतिक र भौगोलिक दृष्टिले विविध बिशेषताको मुल्य मान्यताका साथै सामाजिक, आर्थिक र सांस्कृतिक विकासलाई बढावा दिएको बताउनु भयो ।

दूतावास प्राङ्गणको सभाहलमा दिप प्रज्वलन गर्दै सुरुवात गर्दै केक काटेर समापन गरिएको उक्त कार्यक्रमको संचालन ऋचा भट्टराईले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here