काठमाडौँ, बिहिबार, १ साउन २०७७ । फिफाले कतारमा हुने २०२२ विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । रुसमा भएको सन् २०१८ को फाइनल खेलको ठिक दुई वर्ष पश्चात सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक कतारले ६० हजार दर्शक सिट क्षमता भएको अल बायत रंगशालामा नोभेम्बर २१ मा दिउँसो १ बजे खेल्नेछ ।

प्रतियोगितामा समूह चरणका खेलहरु दिउँसो १ र ४ बजे ,बेलुका ७ र ८ बजे र नकआउटचरणको खेलहरु बेलुका ६ र ८ बजे हुनेछन् ।

खलिफा रंगशालामा अन्तिम तीन उपाधिको लागि डिसेम्बर १७ मा खेल हुनेछ र फाइनल खेल कतारको राष्ट्रिय दिवस १८ डिसेम्बरको दिन पारेर ८० हजार सिट क्षमता भएको लुसेल रंगशालामा हुनेछ । प्रतियोगितामा सहभागी अन्य देशहरुको टुंगो भने लाग्न बाँकी छ ।

प्रतियोगिताको टिकटको लागि यसै वर्षको अन्तिममा बुकिङ्ग खुला गरिने फिफाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here