काठमाडौँ, मंगलबार, २ भाद्र २०७७ । सरकारले कोरोना भाइरस सङ्क्रमण उच्च देखिएको क्षेत्रमा नियन्त्रणका लागि कर्फ्यु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले उच्च सङ्क्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here