काठमाडौं, बुधबार, २१ जेठ २०७७ । जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेको अर्थ मन्त्रालय ब्यापक जनबिरोधपछि कर भुक्तानी समय थप्न तयार भएको छ । मन्त्रालयले व्यवसायीसंग सहमती गरेर आजै नयाँ सूचना जारी गर्ने तयारी गरे पनि कति समय थप गर्ने भन्ने विषयमा यो समाचार लेख्दासम्म सहमती हुन सकेको छैन ।

अर्थसचिव शिशिरकुमार ढुङ्गाना तथा राजश्व सचिव रामशरण पुडासैनी र नेपाल उद्योग बाणिज्य महासंघका महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, अर्का उपाध्यक्ष किशोर प्रधान र उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ विच छलफल चलिरहेको छ । छलफलमा ढुङ्गानाले जेठ २५ गतेको समय अवधि बढाउन मन्त्रालय तयार रहेको जानकारी दिए पनि कति समय थप गर्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।

व्यवसायीहरुले असार मसान्तसम्म म्याद थप गरिनु पर्ने अडान राखेरका छन् सचिव ढुङ्गानाले जेठ मसान्तसम्मको समय दिन मन्त्रालय रहेको जानकारी गराएका छन् । ‘जसरी पनि सहमती पुगेर आजै सूचना जारी गर्ने तयारी छ ।’ अर्थमन्त्रालयको उच्च स्रोतले जनतापाटीलाई भन्यो । स्रोतका अनुसार अहिले कुरा मिल्न नसकेमा दुवै पक्षले आवश्यक छलफल गरि आजै रातीसम्म फेरि अर्काे चरणको वार्ता गरेर टुंगोमा पुग्ने पक्षमा सरकार र व्यवसायीहरु रहेका छन् । व्यवसायीहरुसंगको वार्ताको बारेमा अर्थमन्त्री डा. युवराज खतिवडाले ढुंगाना र पुडासैनीलाई टेलिफोनबाटै जानकारी लिइरहेको बताइन्छ ।

अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गरिसक्न मंगलबार सार्वजनिक सूचना जारी गरेपछि व्यवसायीमा खैलाबैला मच्चिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here