हिजो दिनभर सिमसीमे पानी पर्यो । चिसो निकै थियो । आज भने आकाश खुलेको छ ।

आज बिहानैदेखि न्यानो घाम लागेको छ । दिनभरिको गर्नुपर्ने काम सम्झिदैमा शरीर गलिसकेको छ । बिहानै बाटथकान महसुस हुँदाहुँदै पनि निस्किनु नै छ सधैं झै गन्तब्य तिर……

मन पट्क्कै खुशी छैन, खै किन ? बिसन्चो भएर हो कि, आफै मन भुझाए । कार्यकक्ष पुगिसकेछु । मनभरी नानाथरी कुरा खेलाउदै।

गर्नुपर्ने कामले टुलुटुलु हेरिरहेको झै लाग्यो । काम गर्ने मन भए पो । मोबाइलको चर्को रिङ्गटोनले झस्कायो, प्राप्तिको फोन थियो । घुर्की लाउदै कति ब्यस्त हो सधै भनेर कराउन थाली।

प्रिय, तिमि नै त छेउ मेरो जीबनमा सधै खास,मनको पिर भुलाउने, तिम्रो काख सिवाय अन्त कहाँ छ ह मेरो आँसु पोखाउने ठाउँ ?

म जहाँ भए पनि जुन अबस्थामा भए पनि सधै तिम्रै समीपमा भएको झैँ लाग्छ ? यो मेरो चेतन मनले

तलाई कुरा बनाउन खुब आउँछ होइन ? उ झनै रिसाएको पारामा बोल्दै थिई, मलाई थाहा थियो, जानी नजानी मैले उस्को मन दुकाएकी थिए ।

आज भोलि म आफ्नै काममा भुलेको थिए । जिन्दगीले कुनै रोजाईको बाटो नै छोडेको कहाँनीर थियो र ?

मन र मस्तिष्कमा हलचल भएको थियो । न मन मस्तिष्कको कुरा बुझ्न् तयार थियो, न त मस्तिष्कमनको कुरा बुझ्न् चान्थ्यो । म मन र मस्तिष्कको बिच लाचार थिए । मैले प्राप्तिलाई भन्नेपर्ने भयो । माफ गर साथी, म बाट गल्ती भयो म चाडै तिमिलाई भेट्न आउछु । तिम्रो लागि धेरै समयको जोहो गरेर तिम्रो सामु आउछु । अनि, तिमी र म फेरि जाउला बगरको बालुवामा सपनाको घर बनाउन । अव यो पल्ट आफ्नो घर बनाउने छैन, म तिम्रै घरमा बस्ने छु । ..

मलाई ठाउँ दिन्छेउ प्राप्ती ?

तिम्रो बालुवाको घरमा ?

तिमिले यस्तै-यस्तै कुरा गरेर मलाई फकाउन जानेकी छौ नी ? अह ! मलाई पट्क्कै बिश्वास छैन, तिम्रो कुरामा ?

म कसरी बिश्वास दिलाउँ तिमिलाई ?

तिमिलाई नभेटी मर्ने छैन म, यो बाचाँ भयो मेरो तिमिलाई

कति निस्वार्थ प्रेम गर्छे प्राप्तिले मलाई । एकाएक आँखा रसाए । उस्को सम्झनाले सतायो झनै । उस्का हरेक शब्द निर्दोष लाग्न थाल्यो अनि आफ्ना हरेक शब्दहरु दोषी छन् जस्तै भान भयो मलाई ।

नचाहादाँ चाहादै छुट्टिने बेला भई सकेको थियो । निस्किनु थियो, मलाई आफ्नै दैनिकीको काममा । म धेरै बोल्नै सकिन । मलाई थाहा थियो उ रोहिरहेकी थिई । सुन्न मन नै लागेन । उ बोलेको पनि…… मनदुखेको थियो ।मुटु दुखेको थियो । म छुट्टिय भारी मन बनाए !

होइन म कस्को लागि बाचिरहेको छु ?

कस्को लागि भागिरहेको छु ? कहाँ छ यो भागाभागको दिनचर्यामा मेरो आफ्नो जिन्दगी ? कहाँ छन् मेरा निजि सपनाहरू ? म कस्को लागि जन्मिएको हु ? कस्को लागि बाचिरहेको छु ? समयको गर्बमा रहेको मृत्युको दुरी कति छ बाकी अब मेरो जिन्दगीमा ?

केही बेर यो काठमाडौंको कोलाहलबाट अलि बाहिर जान मन लाग्यो, म जानू पर्ने गन्तव्य तिर मोडिए।

मैले कारको रफ्तार बढाउदै गए । म ७० को रफ्तार बाट ८० मा पुगिसकेको थिए । बाग्मतिको किनार हुँदै म साखुं तर्फ हानिए ।

कति बेला मैले साखुको बसपार्क पार गरे थाहै भएन ।

घाम लागेकै थियो । चारै तिर उज्यालो थियो । आकाश खुलेको छ चारै तिर निलो आकाश

फेरी, म आफ्नै गतिमा आएँ । बाहिरको मौसोम रमाईलो थियो पक्कै । तर …. किन यो मन रोएको थियो ? आँखा किन भिजेको थियो ?

जिन्दगीले किन लिन्छ बारम्बार परिक्षा ? सायद मैले सामना गर्न सक्छु, हर परिस्थिति, त्यसैले होला सायद

म उकालो लागे अहिले भने मेरो कारको रफ्तार २०/२५ मा सिमित थियो । करिब २५ मिनेटमा मजर्शिङ पौवा पुगिसकेको थिए ।

गन्तव्यको अझै ठेगान थिएन । त्यहाँ पुगेपछि मलाई बन्दै गरेको मैत्री सेवाश्रमको याद आयो । म घेरैदिन देखि त्यहाँ जान चाहान्थे । यो एउटा एस्तो पबित्र ठाउँ थियो । मेरो लागि कुनै मन्दिर देवालय भन्दाकम थिएन ।

मनमा एक प्रकारको मिठो अनुभूति हुँदै थियो। जति जति म अगाडि बड्दै थिए । म एकै छिनमा नै, मैत्री सेवा आश्रमको मुल गेटमा पुगे ,मेरो उदास मन प्रफुल्ल भयो ।

मोबाईल हातमा लिए र मुल गेट तिर लागे । सुन्दर गेट तयार भई सकेको थियो । मैले आफ्नो नाम कहाँनेर कुदिएको छ भनेर हेरे ।

जब मैले टल्किने भित्तामा सुनौलो अक्षरमा कुदियको आफ्नो नाम देखे ।

मुहारमा एकाएक मुस्कान छरिएको आभास भयो ।

मैले केहीबेर पहिले आफैले आफू संग बारम्बार गरेको प्रश्नको उत्तर एक एक गर्दै पाउदै गए ।

म कस्को लागी बाचिरहेको छु ?

कहाँ छ, मेरो निजि जिन्दगी ?

सबैको उत्तर थियो यहाँ ।

म भोलि मरेर गए पनि सयौं बर्ष सम्म पनि यो भित्तामा मेरो नाम रहने छ । म धेरैजना मान्छेहरुका आँखामा देखिने छु । मेरो नाम खोज्ने छन मेरा सन्ततिहरुले । मलाई सम्झने छन मेरा आफन्तहरुले ।

यो मरेर जाने शरीर माटोमा बिलिन भएता पनि मेरो नाम मर्ने छैन । मैले गरेको काम मर्ने छैन ।

म सत्कर्ममा लागेको मान्छे । मेरो निजि जीबनको बारेमा सोचेर किन चिन्तित हुनु म ?

मैले जे पाए त्यो मेरो हो !

परिश्रमले जे आर्जन गर्न सक्ने छु त्यो मेरो हो ।

अरु संग जे छ त्यो म संग न होला तर म संग जे छ मेरो जिबनको लागि काफी छ ।

बाच्नको लागि ?

म हिड्ने क्रममै थिए, पैदल हिड्दै थिए । बाटो हिलो नै थियो ।

चिसो बतास चलेको थियो । बाटोको दायाँ बायाँ चराहरु चिरबिर चिरबिर कराउदै थिए । बर्षायाम न थियो केहि बेर पहिलेको त्यो निलो आकाश पुरै कालो बादलले ढाकछोप गरिसकेको थियोे ।

निलो आकाश र कालो बादल बिचको परिवेशलाई महसुश गर्दै म पैदल यात्रा मै थिए । अहिले एक्लै हुदाँ निआनन्द लागेको थियो । मैले कसैको कुरा सुन्नु परेको थिएन । कसैलाई आफुले केही भन्नपनि परेको थिएन ।

सधै परिवार ,साथीहरू र अन्य बिशिस्ट ब्यक्तिहरु संग आश्रम जाने क्रममै कहिले पैदल त कहिलेमोटरमा र कहिके खाली खुट्टा हिडेको स्मृति साथ मै थियो ।

सीमा पुरी
२०७७ साल असार १० गते बुधबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here