कमला भट्ट

काठमाडौँ, शनिबार, २७ असार २०७७ । वर्षको एकपटक दशैंमा अनेक बाहना देखाउँदै आफ्नो घर जान पनि गार्‍हो पर्ने छोरा बुहारीलाई यसपाली छ महिना बित्न नपाउँदै घरमा देख्न पाउँदा ती बुढा बा-आमा धेरै खुसी देखिनु भयो ।

त्यो भन्दा खुसी सायद केही लागेन, बुढा बाबा-आमालाई भोलिपल्ट बिहानै बा गोठतिर लाग्नुभयो । यता आमा उही काम बडार कुडार, घरदैलो पोत्ने, चिया पकाउने इत्यादि । उता बा ले बाल्टी भरि दूध लिएर आउँदै गर्दा यता नातिनातिना खुसी हुदैं, भन्छन आमा दिज्जुलाई भन्दा मलाई पहिला दिस्यो है ?आमालाई नातिनातिना फकाउन भ्याई नभ्याई छ ।

चिया गफसंगै सुरु हुन्छ बा को बोली “बाबू दशैंलाई भनी ल्याएको सानोतिनो खसी छ काट्ने हो र ? हुनत हामीलाई त अहिले पनि दशैं आए जस्तै भएको छ । ” यता बा को बोली भुइँमा खस्न नपाउँदै छोराले भने हुन्छ बा जहिले खाए पनि खाने नै त हो ? खसी काटियो यसले केही दिन बित्यो । केही दिन पछि फेरि मासु खान मन लाग्यो, बा आमाले नुन तेल खान हुन्छ भनेर पालेको भाले पनि खायो ।

सानो बोको बा ले खै कताबाट ल्याउनु भएको रे पैसा पनि तिर्न बाकी नै छ। यो पनि खाईदिउ बा बाख्रा न पाल्नु दु:ख हुन्छ किन दु:ख गर्नुपर्यो ? भन्दै त्यो पनि सकियो घरमा नुन तेल पनि सकिदै गयो दुई जनाको लागि अड्कलेर राखेको धान पनि अब त सकिनै लाग्यो । बाकि रहेको धान कुट्न जाउ न बुहारी भनेर ससुरा बा ले भने बाट घरमा तनाव सुरु भयो ।

मकै त बल्लै गोडिएको थियो । अब धानको बीउ राख्न हतार भयो काम गर्न अल्छी लाग्छ हैट ! अब यहाँ बस्नु हुन्न ।

फेरि बुढी पनि गन गन गर्छे छोराछोरी बरफ आइस्क्रिम भन्दै छन । अब, सरकारले पनि लकडाउन खुकुलो बनाउने भन्दै छ । यहाँ बसेर मात्र हुदैन शहर जानू पर्छ बन्दै छन् ।

बर्षको एकपटक बा लाई एउटा ढाका टोपी र आमालाई एउटा धोती लिएर जानेले अहिले त झन के कोसेलीको आशा गर्नु एक के जी स्याउ लिएर आएका छोराबुहारी त्यहीँ देख्दा पनि बा आमाको खुसीको सिमा नै रहेन ।

अहिले, यता बुहारी सासू आमासंग भन्दै छिन, आमा थोरै घिउ भए लानु पर्यो अनि अस्ति बीउ राखेर बढी भएको अनधि त्यो पनि लैजाम है?

आमाले हतारिदै भन्नू भयो बुहारी ! घरमा नभए पनि खोज्न जाउला पईचो पाईन्छ कि कतै अनि त्यो कोरोना सकियो ? जति नै दु:ख भए पनि कोरोना न सक्कि नजाओ न यता पिर लाग्छ बुहारी ।

आमाको कुरा सुनेर बुहारी भन्छिन् -आमा यहाँ बसेर मात्र हुदैन सरकारले लकडाउन खुकुलो बनाउने रे केही दिनमा जाने हो ।

एक दिन छोराले भने बाबा आमा ! ल आज पल्ला घर दाइको गाडी आछ रे , त्यसैमा जाम भन्दै हुनुहुन्छ जानू पर्यो । आमाले छोरा बुहारीलाई हेर्दै भन्नू भयो “बाबू ! यो कोरोना अर्को साल पनि आउँछ त ?” कतै फेरि केही दिन संगै बस्न पाइन्छ कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here