Monday, March 1, 2021
More

    कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्ने

    काठमाडौं, आइतबार, २ फागुन २०७७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गर्नु भएको छ ।

    उहाँले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गर्नु भएको छ ।

    विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here