काठमाडौँ, सोमबार, २२ भाद्र २०७७ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट पारित भएको ‘न्यूनतम योजना र दीर्घकालीन उपयोगिता’ नीति र निर्णयहरु यस प्रकार छन् ।

सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकबाट पारित नीति र निर्णयहरु

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको प्रथम बैठक जुम प्रविधि मार्फत यहि भाद्र २० र २१ गते दुई दिने बैठक सम्पन्न भएको छ । विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको उक्त बैठकबाट निम्न बमोजिमका सांगठनिक निर्णयहरु गरेको छ ।

सांगठनिक निर्णय

१) विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीति लिंदै सोही अनुरुप कार्य गर्ने ।


२) निर्णय नं. १ ले तय गरेको नीति बमोजिम नेपाली कांग्रेसलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिट्लाइज्ड) बनाउंदै अघि बढ्ने अभियान शुरूवात गर्ने ।

३) निर्णय नं २ मा तय गरिए बमोजिम ‘प्रविधि मैत्री अभियान’ को शुरूवातमा पार्टीको वेबसाईटलाई यथासिध्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने ।


४) प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेसको बिधानको धारा ३७ को (ज) बमोजिम विभिन्न उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ । सोही अनुरुप निम्न उपसमितिमा विभागका संयोजकको जिम्मेवारी बैठकले थप जिम्मेवारी प्रदान गरेको छ ।

तपशील

वेबसाईट संयोजन उपसमिति : गोवर्धन राना मगर
छ्हारी संवाद संयोजन उपसमिति : डा. श्री सुरेश आचार्य
प्रविधि संयोजन उपसमिति : ई. दिपेश विष्ट
टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमिति : नीर शाह
रेडियो नेटवर्क सूचना संयोजन उपसमिति : श्री गोपाल झा
नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति : दिनेश थापा मगर

५) विभाग सार्वजनिक हुनु पूर्वदेखि आन्तरिक रूपमा कृयाशिल रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा बिषयगत योग्यता भएकाहरुका लागि थप समाविष्ट गर्दै विभागमा रहेका अन्य लाई प्रदेश स्तरीय एवं बिषयगत जिम्मेवारी ब्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।

६) बिषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिब्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र ब्यवहारिक दुबै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको छ ।

७) कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर दुवै तिब्र ढंगले बढ्दै गएको स्थितिमा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने टड्कारो आवश्यकता दृष्टिगत गर्दै उक्त बैठकले जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका एवं सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड-१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ । नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा.अन्जनी झा लाई बैठकले संयोजकको अभिभारा सुम्पिएको छ ।

८) दुई कार्यदल गठन गर्ने निर्णय

क) भिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न बजरंग नेपालीलाई अध्ययन कार्यदल संयोजकको अभिभारा बैठकले जिम्मेवारी दिएको छ ।

ख) पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधि मार्फतको बिशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरि प्रस्तुत गर्न विभागका सदस्य विकल राईलाई कार्यदल संयोजकका रूपमा बैठकले जिम्मेवारी दिइएको छ ।

९. नेपाली कांग्रेसको केन्द्रीय मुखपत्र “नेपाल पुकार” प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।

साथै, विभागको दुई दिने बैठकले पारित गरेका समसामयिक प्रस्तावहरु अलग्गै वक्तव्य मार्फत सार्वजनिक गरिने सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here