काठमाडौँ, सोमबार, ८ भाद्र २०७७ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु पुष्टि हुनेमा सुनसरीका एक ६८ वर्षिय पुरुष, महोत्तरीका एक ६५ वर्षिय पुरुष, पर्साकी एक ७० वर्षिया महिला, काठमाडौँकी एक ४८ वर्षिया महिला, रुपन्देहीकी एक ६७ वर्षिय महिला, ३८, ५३ र ५४ वर्षिय पुरुषहरु रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। १७५ जना संक्रमण मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here