काठमाडौँ, सोमबार १५ बैशाख २०७७ । काठमाडौँमा लकडाउनबाट समस्यामा परेका तथा घर फर्किन चाहाने सिरानचोकबासीलाई ग्रिन सिटीमा स्वास्थ्य परीक्षण गराउने ब्यवस्था गरिएको छ ।

गोरखाको सिरानचोक गाउँपालिकाले काठमाडौँमा लकडाउनबाट समस्यामा परेका तथा घर फर्किन चाहाने आफ्नो नागरिकलाई उद्वार गरेर आफ्नो पालिका फर्काउने निर्णय गरे अनुसार स्वास्थ्य परीक्षण गरेर मात्र काठमाण्डौंबाट पालिका फर्काउने व्यवस्था गरेको हो ।

‘हाम्रा नागरिकलाई व्यवस्थित रुपमा घर ल्याउने हाम्रो तयारी छ ।’ अध्ययन र पेशा व्यवसायको शिलशिलामा हाल काठमाण्डौमा रहेका घर आउन चाहने सबैलाई स्वास्थ्य परीक्षण गराएर मात्र ल्याउने गाउँपालिकाको योजना छ, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भन्नुभयो । ८ वटै वडा अध्यक्ष र १ सय ५२ वटा कोरोना प्रतिकार्य समितिसँग आवश्यक छलफल गरी सर्वसारधणलाई घर ल्याउन लागिएको हो । जसको लागि काठमाण्डौमा १६ सदस्सिय समिति बनाइएको छ उहाले भन्नुभयो ।

पहिलो चरण स्वास्थ्य परिक्षण अन्तर्गत वडा न १ केराबारी, वडा न २ थालाजुंग, वडा न ३ हर्मी र वडा न ६ गाखुका काठमाडौँमा भएका सिरानचोकबासी भोली (१६ गते ) मंगलबार बिहान ६ बजेदेखि ८ बजेसम्म ग्रिन सिटी हस्पिटलमा जम्मा भई साधरण स्वास्थ्य जाच गरिने महेश गुरुङ्ले जानकारी दिनुभयो । साथै, वडा न ७ श्रीनाथकोट र वडा न ८ चिप्लेटीको माथिल्लो वेल्ट चिप्लेटी आरुवोट व्याखार्का, ठोटनेरी र धारापानीको समुहलाई पनि भोली नै व्यावस्था गरिएको उहाले जानकारी दिनुभयो ।

त्यसैगरी, वडा न ४ छोप्राक, वडा न ५ छोप्राकका सबै, वडा न ७ श्रीनाथकोट र वडा न ८ चिप्लेटीको तल्लो वेल्ट गोहोरे लप्से, भंगेरी, भालुस्वारा र जौबारीका काठमाडौँमा भएका सिरानचोकबासी नागरिकलाई बुधबार (१७ गते) पालिका फर्काइने व्यवस्था गरिएको छ ।

बिश्व महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण काठमाडौंमा रहनु भएका अति बिपन्न बर्ग, श्रमिक वर्ग, विद्यार्थी र असाहयहरुलाई राहत सम्बन्धि सहजीकरण र सहयोगका लागि सिरानचोक गाउँपालिकाका काठमाडौं उपत्यकामा रहनु भएका विभिन्न महानुभावहरुलाई सहयोग र समन्वय गर्न अनुरोध गरिएकोले आफ्नो नजिकमा रहेका सम्पर्क ब्यक्तीसंग सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here