Saturday, March 6, 2021
More

    काठमाडौँमा अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी

    काठमाडौँ, बिहिबार, २२ माघ २०७७ । काठमाडौँको गोंगबुमा अज्ञात समूहले एक ट्याक्सीमा आगजनी गरेका छन् ।

    सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ । सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ। ट्याक्सी प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको रहेको छ ।

    आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ ।

    बिहिबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। काठमाडौँको सडकमा कम मात्रामा सवारी साधन चलेका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार) को लागि देशव्यापी आमहड्तालको घोषणा गरेको हो । प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको थियो।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here