काठमाडौँ बुधबार, १७ बैशाख २०७७ । कोरोना भाइरस कोभिड-१९ जीवाणुको संक्रमण रोक्न किटनाशक औषधी छर्किने अभियान सुरु गरिएको छ । हिमाली खबर डटकम, जि पी कोइराला फाउन्डेसनसँगको सहकार्यमा अनमोल फ्यासिलिटि प्रा।लि ले कल‌ंकी, कालिमाटी, माइतीघर र कोटेश्वर लगायतका क्षेत्रमा कोरोना जीवाणुको संक्रमण रोक्न किटनाशक औषधी छर्किएको हो ।

उक्त अभियानमा जिपी कोइराला फाउन्डेसनका सदस्य इन्द्रबहादुर लामा, हिमाली खबरका सह-सम्पादक राम तामाङ, फिल्मशाला टिभीका अध्यक्ष श्रीहरि श्रेष्ठ, अधिवक्ता यम भट्टराई, अनमोल फ्यासिलिटिका अध्यक्ष जितेन्द्र देउला लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

किटनाशक औषधी छर्किने अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत अन्यको सहयोगमा कल‌ंकी चोक हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई पनि किटाणु नाशक औषधि छर्किएको थियो ।

त्यसैगरी, सोही स्थानबाट यात्रा गरिरहेका यात्रु र अत्यावश्यक सवारीका चालक र सह-चालकलाई चिया र बिस्कुट पनि प्रदान गरिएको फ्यासिलिटिका अध्यक्ष जितेन्द्र देउलाले जानकारी दिनुभयो ।

कोरोनाको स‌ंक्रमणबाट जोगिन हात मात्र सफा गरेर नपुग्ने भन्दै उहाले आफ्नो सवारी र दैनिक प्रयोग गर्ने अन्य साधन पनि सफा राख्नु आवश्यक रहेको बताउनु भयो । आगामी दिनमा अन्य स्थानमा पनि किटनाशक औषधी छर्किने अभियान लाई निरन्तरता दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here