काठमाडौँ, सोमबार, १२ जेठ २०७७। नेपालमा आज (सोमबार) थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कुल सङ्क्रमितको संख्या ६ सय ७५ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार काठमाडौँ, धनुषा, कपिलवस्तु, बारा, रौतहट, बर्दिया, सप्तरी, बाँके, बारा, र दैलेखमा गरिएको परीक्षणमा थप ७२ जनामा सङ्क्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here