काठमाडौँ, सोमबार, ८ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय २४ जना नयाँ कोराना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा १७७, भक्तपुरमा १४, तथा ललितपुरका ३३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। उनले काठमाडौँ उपत्यकाको कुन-कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने जानकारी दिएनन् ।

काठमाडौँ उपत्यकामा हिजो मात्रै १६६ जना कोराना सङ्क्रमित भेटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here