February 24, 2024
समाचार समाज

काठमाडौँ जिल्ला भलिबल संघको साधारण सभा सम्पन्न

काठमाडौँ, मंगलबार, १० पौष २०८० । काठमाडौँ जिल्ला भलिबल संघको साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौँ जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यू डायमण्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वर्तमान १३ सदस्यीय पूर्ण कमिटी गठनमा उपत्यकाका १३ पालिकबाट प्रतिनिधित्व गर्दै बनेको कार्यसमितिको प्रमुख अतिथिले मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

बैठकमा सचिब प्रदीप श्रेष्ठले हालसम्मको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयन्ती जोशीले हालसम्मको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । छलफल र अन्तरक्रिया गरी प्रतिवेदन पारित गर्दै अगामी रणनिती र कार्यक्रमको लागि वार्षिक क्यालेन्डर अनुसार संघ अगाडि बढ्ने जानकारी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *