काठमाडौँ, शनिबार, ३१ साउन २०७७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै केही गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ ।

शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै १० बुँदे आदेश जारी गरिएको बताउनु भयो । सोही आदेश अनुसार शुक्रबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजेसम्म लागू हुनेछ। आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही गरिने बताइएको छ ।

रोक लगाइएका यी १० गतिविधि :

खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न ।
भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न ।
दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु ।
उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु ।
चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु ।
शैक्षिक संस्थाहरु संचालन गर्न।सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न ।
फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने ।
विभिन्न व्यवसाय, कवाडी संकलन गर्न ।
उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न ।
टेक वे बाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here