काठमाडौं, शनिबार, ६ भाद्र २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेट मार्फत दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोरोना संक्रमण भएको हो ।

प्रवक्ता गौतमका अनसार काठमाडौंमा १६०, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here