काठमाडौं, बिहिबार, २५ असार २०७७ । सरकारले काठमाडौं उपत्यकाको तीन जिल्लामा सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय भएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।

प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार उपत्यकाका तीनओटी जिल्लाभित्र दुरी कायम गरी सवारी सञ्चालन गर्न दिने निर्णय भएको हो । उपत्यका बाहिर सम्बन्धित जिल्लामा मात्रै सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक र सहचालकले मास्क, स्यानिटाइजर र ग्लब्स प्रयोग गर्नुपर्ने छ । त्यस्तै सिटको लहरमा एक जना मात्रै राख्नुपर्ने ब्यवस्था भएको मन्त्रीखतिवडाले जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले दिनुभएको जानकारीअनुसार सार्वजनिक यातायातमा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लाग्ने छ ।

यो निर्णय शुक्रबारबाट लागू हुनेछ । सरकारले ट्याक्सी सञ्चालनको अनुमति पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here