काठमाडौं, शनिबार, २७ बैशाख २०७७ । कोरोना संक्रमण रोक्न सरकारले लगाएको लकडाउनसँगै धरासायी बन्दै गएको अर्थब्यवस्थालाई सरकारले मुर्त रुप दिने तयारी गरेको छ ।

सर्वसाधरण लगायतको कामहरु नराम्रोसँग प्रभावीत भएपछि सरकारले भोलिबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी गरेको हो । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने केही समय लाग्ने देखिन्छ ।

गत बुधबारको मन्त्रिपरिषद बैठकले चैत्र ११ गतेबाट जारी लगडाउन जेठ ५ सम्म लम्ब्याएपनि अत्यावश्यक कामका सवारी साधन चल्न दिने र ४४ प्रकारका उद्योगहरु डब्ल्यूएचओले जारी गरेको निश्चित मापदण्ड पुरा गरी खोल्न दिने निर्णय गरेको थियो ।

यससँगै अब सरकारले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै भोलि आइतबारबाट काठमाडौं उपत्यकाका अधिकाशं सरकारी कार्यालयहरु खुल्न लागेका हुन् । उद्योग कलकाराखाना लगायत खोले पनि सरकारी कार्यालयसँग अन्तरनिहित हुने भएकोले पनि कार्यालयहरु खुल्नेछन् ।

राष्ट्रबैकले पनि मापदण्ड पुरा गरी बैक तथा वित्तिय संस्थाहरुलाई एक तिहाई कर्मचारी उपस्थित भई शाखाहरु खोल्न निर्देशन दिएको छ ।

पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने बेला कार्यालयमा आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको छ ।

मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा सम्बन्धमा चार बुँदामा निर्णय :

१) बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत अतिआवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२) अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गरी सञ्चालन गर्ने ।

३) सार्वजनिक सेवा संचालन गर्ने प्रयोजनका लागि उपत्यकाभित्रका सार्वजनिक निकायका हकमा सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरुको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेका कूल सवारी साधनहरुमध्ये एक चौथाइ संख्यामा नबढ्ने गरी सवारी पास उपलबध गराउने ।

४) उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम् सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here