भरतपुर, आइतबार, ११ असोज २०७७ । कालिका मिडियाको १८ औँ वार्षिकोत्वसको अवसरमा आयोजित अपाङगता भएका व्यक्तिबीचको वादविवाद प्रतियोगितामा चितवनको माडीका भुपराज पाठक प्रथम हुनुभएको छ । “कोरोना माहामारी की हाउगुजी” शिर्षकमा गरीएको वादविवाद कार्यक्रममा सहभागि २७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै पाठक ७६ अंकका साथ प्रथम हुनुभएको हो । पाठक नेपालमै पहिलो पटक ब्रेललिपीमार्फत समाचार पढ्ने व्यक्तिको रुपमा समेत परिचित हुनुहुन्छ ।

त्यसैगरी, सर्लाहीका रविनकुमार महत्तो ७४ दशमलव ३३ अंकका साथ द्धितीय हुनुभएको छ । उहाँले तृतीय हुनुभएका बाग्लुङ्गका दिपक अधिकारीले भन्दा ० दशमलव ३३ अंक बढि ल्याएर द्धितीय हुनुभएको हो । अधिकारीले ७४ अंक प्राप्त गर्नुभएको थियो । साथै, बिष्णु खनाल र सुनिता ज्ञवाली समान ७२ अंकका साथ सान्त्वना हुनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटनका लागि आयोजित वादविवाद प्रतियोगिताको निर्णायकको रुपमा साहित्यकारद्धय डि.आर. पोखरेल, केदारनाथ खनाल र प्राध्यापक डा. नारायणप्रसाद खनाल रहनुभएको थियो । बिजेताहरुलाई आक्रषक पुरस्कार बितरण भने बार्षिकोत्सव समापनको दिन अर्थात आगामी असोज २६ गते गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले बताउनुभयो ।

हरेक वर्ष जस्तो सबै वर्ग र क्षेत्रलाई समेट्दै यसवर्ष पनि कोरोना कहरको बिचमा समेत केही महत्वपुर्ण कार्यक्रमलाई निरन्तरता दिईएको हो । भर्चुअल माध्यमबाट आयोजित हरेक कार्यक्रम कालिका एफ.एम ९५.२ र कालिका एचडीबाट प्रत्यक्ष प्रसारण भईरहेका छन् ।

साथै, आज कालिकाको चौतारीमा कलाकार, स्रोता र दर्शक कार्यक्रममा भर्चुअल माध्यमबाटै गायिका राधिका हमाल र गायक शिव परियारसंग अन्तरंग कुराकारी गरिएको छ । यसअघि असोज ८ गते देवघाटमा रहेका वृद्धवृद्धालाई सम्मान कार्यक्रम, हिजो (शुक्रबार) कृषिमा आधुनिकीकरण र अवसर विषयक अन्तरक्रिया सम्पन्न भइसकेका छन् ।

आईवार कालिकाको चौतारीमा संगितकार दिपक शर्मा र शब्द सर्जक रमेश बिजि आउनुहुनेछ । गत असोज ८ गतेदेखि सुरु भएको वार्षिकोत्सवका कार्यक्रमहरु असोज २६ गतेसम्म जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here