काठमाडौँ, शुक्रबार, २३ जेठ २०७७ । गोरखामा पनि कोरोना संक्रमित भेटिएका छन ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ देखिएका गोरखाका युवा जुम्लामा कार्यरत नेपाली सेना रहेको खुलेको छ । आरुघाट २ मान्बु, थलाचोकका २५ वर्षका युवा हाल जुम्लामा आइसोलेइनमा रहेको र अवस्था सामान्य रहेको परिवार स्रोतलाई उद्धृत गर्दै वडा अध्यक्ष सोम घलेले जानकारी दिनुभयो ।

आरुघाटको भीमोदय माविको क्वारेण्टाइनाबाट ३४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा शुक्रबार २६ जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य शाखाका प्रमुख विजयकुमार श्रेष्ठले बताउनु भयो ।

गोरखा अस्पतालबाट स्वाब पठाएका ११ जनामध्ये शुक्रबार प्राप्त एकजनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता कृष्ण ढकालले जानकारी दिनुभयो । अस्पतालबाट बिगत चारदिनयता ११ जनाको स्वाब परीक्षण गर्न पठाइएकोमा अरुको रिपोर्ट नआएको बताउनु भयो ।

कर्णाली प्रदेशले जारी गरेको कोरोना संक्रमितको लिस्टमा गोरखा आरुघाट गाउँपालिकाका २५ वर्षीय युवा भनि उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here