काठमाडौं, मंगलबार २३ बैशाख २३ गते । किर्तिमानी रजत विजेता सविता राजभण्डारीको सहयोगमा पिडितलाई राहत वितरण गरिएको छ ।

एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पिडित परिवारलाई आज मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।

सवितासहित उहाका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पिडित परिवारलाई राहत प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पिडित वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडा अध्यक्ष हिरालाल तण्डुकारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

चामल, चिउरा, आलु, प्याज, नुन, तेल र साबुन वितरण गरिएको थियो । साथै, वडा सदस्य समेत रहेका चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सविताले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा रजत जित्न सफल हुनु भएको थियो । एसियाली खेलकुदमा कुनै पनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो । टिम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले पुरुष टिम क्रस कन्ट्रीमा रजत जितेको थियो । सविताका पति किशोरले पनि सन् १९९८ कै बैंकक एसियाडको तेक्वान्दोमा कांस्य पदक जित्न सफल हुनु भएको थियो । उहाहरु अमेरिकाको सियाटलमा बस्दै आउनु भएको छ । बि स  २०७२ सालको विनाशकारी भुकम्पबाट पिडितहरुलाई पनि उहाहरुले आर्थिक सहयोग गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here