May 18, 2024
पालिका विशेष

किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गर्दै गण्डकी गाउँपालिका

गोरखा, सोमवार, ३१ वैशाख २०८१ । गण्डकी गाउँपालिकाले पालिका भित्रका किसानलाई व्यवसायिक तरकारी उत्पादनका आधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम अनुसार किसानलाई तरकारी उत्पादनमा प्रति केजी दुई रुपैयाँ अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना ‘साकार’ ले जानकारी दिनुभयो ।

‘‘पालिका भित्रका वास्तविक किसानसम्म अनुदान पु¥याउनकालागि यसबर्षदेखि उत्पादनका आधार अनुदान कार्यक्रमको थालनी गरिएको हो, उहाँले भन्नुभयो, ‘‘गएको माघ २३ गतेबाट कार्यक्रम लागूहुने गरी स्थानीय कृषि सहकारीहरु मार्फत सम्झौता गरेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको छ ।’’ कार्यक्रम अन्र्तगत गाउँपालिकाले अहिलेसम्म तीनवटा वडाका १ सय २८ जना किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।

अध्यक्ष तिमल्सिनाका अनुसार फागुन महिनामा तरकारी उत्पादन गरेका वडा नम्बर ८ का ६० जना कृषकलाई अनुदानस्वरुप रु ३ लाख ४८ हजार ९ सय ४८ रुपैया वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ६ स्थित श्री भैरवी कृषि सहकारी मार्फत ३१ जना कृषकलाई रु ५५ हजार ९ सय ६८ रुपैया अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

‘‘गाउँपालिकाले वडा नम्बर ७ स्थित जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थामार्फत ३७ जना किसानलाई रु ४६ हजार ४ सय ५४ रुपैया गराइसकेको छ, उहाँले भन्नुभयो, ‘‘ सहकारीमार्फत प्राप्त कृषकको विवरण अनुसार पालिकाले अहिलेसम्म कुल रु ४ लाख ५१ हजार ३ सय ७० रुपैयाँ रकम किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।’’

कार्यक्रम अन्र्तगत वडा नम्बर ८ मा एउटै किसानले एक महिनामै पालिकाबाट रु ३७ हजार ५ सय १८ रुपैया अनुदान लिएका छन् । ‘‘स्थानीय किसान लवबहादुर भुजेलले एकै महिनामा १८ हजार ७ सय ५९ किलो तरकारी उत्पादन गर्नुभयो, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘‘यो कार्यक्रमबाट किसानले हौसला संगै उत्पादनबाट पनि नाफा कमाउन पनि सफल भएका छन् ।’’

गाउँपालिकाले पालिका भित्र कृषि उत्पादन बढाउने र किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देस्य सहित वास्तविक किसानको हातमा अनुदान पु¥याउन उत्पादनमा आधारित अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । किसानले सहकारीमार्फत उत्पादनको अभिलेख उपलब्ध गराएपछि गाउँपालिका कृषि शाखाले अनुदान उपलब्ध गराउने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । पालिकाले मासु उत्पादन गर्ने किसानलाई पनि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *