काठमाडौँ, मंगलबार, २३ असार २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीका २ जना रहेका छन् ।

त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ६ जनामा संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ र महोत्तरीका ९ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११, बैतडीका ११, डोटीका ७, गोरखा, काठमाडौं र सिन्धुलीका १/१ जनामा कोरोना पुष्टि भएको छ । साथै, पाटन अस्पताल ललितपुरमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १/१, सर्लाहीका ३, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १/१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका १, बागलुङका १ जनामा संक्रमण देखिएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका दुई जनामा कोरोना पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा मकवानपुरका २, धुलिखेल अस्पतालमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण भेटिएको छ । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २, सल्यान र सुर्खेतका ५/५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुर्खेतका ३, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here