एउटा फोटो निरजाले पठाइदेउ हासेंर
निदाउछु म निरजाले छातीमा टासेर
किन भयो निरजाले उज्यालो आज रात
छुट्नु पर्यो निरजाले मायाको न्यानो साथ
……

काठमाडौँ, बिहिबार, ११ भाद्र २०७७ । नेपाली गीत संगीतको दुनियाँमा आजभोलि फरक-फरक खालका गीतसंगीत नेपाली बजारमा एकपछि अर्को आउने निरन्तर जारी रहेको छ । ‘नजाउ है सानु पधेरीमा, हास्न सिकायौ, जय जय होस, खादै न खाको विष, एउटा पत्र लेखेको छु, एक तर्फिमाया मा,’ लगाएत दर्जनौं गीतमा स्वर दिएर दर्शक श्रोताको मनमा बस्न सफल गायक कुलेन्द्र बिश्वकर्माको स्वरमा नयाँ गीत ‘निरजाले’ बजारमा आएका छ ।

नेपाली समाजलाई लोक संगीतको माध्ययमबाट जोड्दै र लोक पारखीको मनमा बस्न सफल गायकहरुले नयाँ किसिमको भाकाको रुपमा बजारमा आएका छन । नेपाली गीतसंगीतको दुनियाँमा आफुलाई छुट्टै पहिचानमा उभाईसकेका गायक कुलेन्द्र बि क र शान्ति परियारको स्वरमा रहेको गित “निरजाले” सार्वजनिक भएको छ ।

नेपाली लोक गीत संगीतले बजार तातिरहेको बेला रमेश परियारको शब्द / संगीतमा बिल्कुलै नयाँ प्रस्तुती “निरजाले” भर्खरै मात्र सार्बजनिक गरिएको छ । हजारौं सर्जकहरुको बीचमा पनि रमेश परियारका सृजना पनि उत्तिकै लोक प्रिय छन् ।

पछिल्लो समय नेपाली समाजमा घटेका समसामयिक घटना तथा माया पिरती ,मिलन बिछोडमा आधारित भएका गीत बजारमा आउने क्रम निरन्तर जारी रहेकै बेला “निरजाले” गित सार्वजनिक हुदा झन् नेपाली गीत संगीतमा एक अर्को आयाम थपिएको छ ।

बिनोद भण्डारीले निर्देशन, करन चौसियार छायांकन गरेका छन् भने मनोज कार्की सम्पादन गरेका हुन् । बहुप्रतिभाका धनी गायक कुलेन्द्र बि क र परेना के सी को दमदार अभिनय रहेको म्युजिक भिडियो शिब हमालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा मायालु जोडी छुट्नु पर्दा र बिछोड पछीको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here