राजा रामकाे राज्यमा कत्ति छल भएन
हरामहरुकाे राज्य कहिल्यै निस्चल भएन
निकास नपाएर फाेहाेरबाट दुर्गन्ध आयाे
जहाँ नेर फाेहाेर थियाे त्यहि ढल भएन ।

कृषिकाे अनुदानले मल व्यापारी माैलायाे
कृषककाे आवाज पुर्याउने दलवल भएन
न्यायलयमा सबिनय निवेदन चढाएकाे थिए
मेराे निवेदन उपर त कुनै छलफल भएन ।

जनधन नाेक्सानकाे हिसाब किताब रहेन
नीति फेरियाे तर नियतमा फेर वदल भएन
जस्ले जे जे बुझ्याे उहीँ उत्तम ठानेर गर्याे
ढुंगालाई दूध चढायाे तिर्खाउँदा जल भएन ।

यसपाली त खेतमा धान पसाउन सकेन
सत्तासिनबाट मलका लागी पहल भएन
बर्तमानले यसरी अलमल बनाएकाे बेला
आउने भबिष्यकाे त कुनै अडकल भएन ।

कल्पना गैरे
शुक्लागण्डकी
२०७७ साल भाद्र २७ गते शनिबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here