ललितपुर, शुक्रबार, २३ साउन २०७७ । कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर नखुल्ने भएको छ । यस वर्षको श्रीकृष्ण जन्माष्टमीमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिर बन्द रहने भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरिएको हो ।

कृष्ण जन्माष्टमीको दिन घरमा पूजाआज गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले आग्रह गरेका छन्।

यस वर्षको श्रीकृष्ण जन्माष्टमी साउन २७ गते मंगलबार परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here