ललितपुर, शनिबार, १० जेठ २०७७ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ कोडकु बडिखेलमा सामाजिक दुरी कायम गर्दै आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बडिखेल बचत तथा ऋण सहकारी संस्था तथा बडिखेल टोल सुधार समाजको संयुक्त आयोजना तथा ब्लड डोनर एसोसिएन (ब्लोदान) ललितपुरको सहकार्यमा उक्त आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बडिखेलमा आकस्मिक रक्तदान

कार्यक्रमका रक्तदाताहरुले कोरोना संक्रमणको जोखिमको समयमा रगत अभाव नहोस् भन्ने उदेश्यले रक्तदान गरेको बताउनु भयो ।रक्तदाताहरुमा वडाका जनप्रतिनिधिहरु, आयोजक संस्था बडिखेल सहकारीका अध्यक्ष तथा संचालकहरु तथा स्थानीयवासीहरुले रक्तदान गर्नु भएको थियो ।

बडिखेलमा आकस्मिक रक्तदान

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीले जीवन बचाउने सत्कर्मको रुपमा रक्तदान कर्म रहेकोेले स्वस्थ्य व्यक्तिले रक्तदानमा सहभागी हुनुपर्ने बताउनु भयो।  त्यसैगरी, गोदावरी नगरपालिका ४ का वडा अध्यक्ष मुकुन्दबहादुर पहरीले रक्तदानले धेरैको जीवन बचाउने हुँदा आफुले करीब ३० बर्षअघिदेखी रक्तदानमा सहभागी भएको उहाँले बताउनु भयो ।

साथै, ब्लोदानका अध्यक्ष साधुराम महर्जनले ललितपुर जिल्लाभर लकडाउनमा सबैजसो स्थानीय तहमा घरदैलो रक्तदाता कार्यक्रम अभियानको रुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

बडिखेलमा आकस्मिक रक्तदान सम्पन्न

बडिखेल सहकारीका अध्यक्ष राम केसीले वार्षिक रुपमा रक्तदान कार्यक्रमलाई नियमित कार्यक्रमको रुपमा संचालन गर्दै जाने बताउनु भयो ।  सहकारीले गर्ने सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बडिखेल सहकारीका निवर्तमान अध्यक्ष बाल मुकुन्द आचार्यले बताउनु भयो ।

बडिखेलमा आकस्मिक रक्तदान सम्पन्न

बडिखेलस्थित श्री पथ प्रदर्शक माविको प्रागंणमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको वडा सदस्य कृष्ण मुरारी घिमिरे जानकारी दिनुभयो । आकस्मिक रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here