Friday, February 26, 2021
More

    (कोभिड–१९) को संक्रमण : बालवालिकाको मानसिक स्वास्थ्य कसरी बचाउने ?

    -ज्योत्स्ना डाँगी

    काठमाडौँ, १७ चैत २०७६ । विश्व स्वास्थ्य संगठनका अनुुसार विश्वका दुईसय भन्दा बढी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिसकेको तथ्यांक सार्वजनिक गरेको छ । आजसम्म ६ लाख ६० हजार भन्दा बढी प्रभावित भइसकेका छन् भने ३३ हजार ९ सय ५६ ले ज्यान गुमाइसकेका छन् ।

    सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको यो भाइरस संक्रमणका कारण मार्च २७ को तथ्यंकअनुसार विश्वका ४४ राष्ट्रमा मानिसको ज्यान गएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाल लगायत विश्वका ४४ मुलुक अहिले ‘लकडाउन’ मा छन् । नेपालमा पाँच जनामा रोग फेला परेको छ । इबोला, सार्स र मर्स जस्ता महामारीको समयमा विभिन्न मुलुकमा सेल्फ क्वारेन्टाइनको अभ्यास गरिएको थियो । नेपालका लागि लकडाउन, क्वारेन्टाइन र होम आइसोलेसन नयाँ अभ्यास हो । यसबेलाको विषम परिस्थितिका कारणको तनावले चिट्चिटाहपन हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्न नसके जस्तो हुने वा उदास हुने जस्ता समस्या देखिन्छ ।

    कोरोना भाइरस (कोविड-१९) को कारण वालवालिकाको मानसिक अस्वस्थताका लक्षणहरु

    कोरोना भाइरस (कोविड-१९) को यस्ता लक्षणहरु पनि व्यक्ति पिच्छे फरक नै हुन्छन । प्रकोपप्रति कसरी प्रतिक्रिया देखाउँछन भन्ने व्यक्तिको पृष्ठभूमि र समुदायमा भर पर्छ तर, प्राय मानिस मानसिक समस्यामा पर्ने जोखिम परिस्थिति हेरिकन फरक स्तरको हुन्छ । कोरोना भाइरस लाग्ला भन्ने डर, पारिवारका सदस्य, आफन्त र प्रियजनहरूको स्वास्थ्यबारे चिन्तित हुनु, खाँदै नखाने वा धैरैै खाने, आत्तिनु, छटपटी हुनु, असुरक्षित महसुस हुनु, अनिश्चितता र एक्लोपनको महसुस हुनुु, चिन्ता, अविश्वास र डरको महसुस हुनु, काम गर्ने उर्जा र क्षमतामा परिवर्तन आउनु, ध्यान केन्द्रित गर्नमा कठिनाइ,निदाउनमा कठिनाइ, डरलाग्दो सपना र नराम्रो सोचाइ तथा झझल्को आइरहनु, टाउको दुख्ने, शरीर दुख्ने, पेट तथा पाचन प्रणालीमा गडबडी, रक्तचाप बढ्ने, श्वासप्रश्वासको गतिमा परिवर्तन हुने, छालामा डावर आउने जस्ता शारीरिक प्रतिक्रियाहरू देखिनु,दीर्घकालीन स्वास्थ्य समस्याहरू भएमा अझै बिग्रँदै जानु,चिडचिडापन बढ्नु, झनक्क रिस उठ्नु, मद्यपान, धुम्रपान वा लागूपदार्थको प्रयोग गर्नु तथा मात्रा बढ्दै जानु, उदाससिनता वा निराशा महसुस हुनु, निराशापन, असहायपनको महसुस हुनु । बिशेष गरी बालबालिकाहरुले आफ्ना अभिभावक सँग टाँसिने अथवा छोड्न नमान्ने, बिस्तरामा पिसाब फेर्ने, औंला चुस्ने,रुने, सपनामा बर्बराउने जस्ता लक्षण देखाउँछन् ।

    जोखिममा रहेको समुह :

    सन् २०१३ मा प्रकाशित ‘डिजास्टर मेडिसिन एण्ड पब्लिक हेल्थ प्रिपेयर्डनेस’ शिर्षकको अनुसन्धानले महामारीको बेला नबसेका र क्वारेन्टाइनमा बसेका बालबालिकामाथि गरेको अध्ययनले क्वारेन्टाइनमा बस्नेमा चार गुणा बढी मानसिक समस्या भएको देखाएको छ । बालबालिका तथा किशोरकिशोरीहरुले उमेरको बावजुद, निराश हुने भावनाहरू देखाउन सक्छन् । केही बालबालिकाले तुरून्त प्रतिक्रिया देखाँउछन् जबकि अरूले धेरै पछि कठिनाईको संकेत देखाउन सक्छन् । जब आमा बुबा र हेरचाहकर्ताहरूले आपतकालिन अवस्थामा शान्त र आत्मविश्वासका साथ व्यवहार गर्छन तिनीहरूले आफ्ना बालबालिकाको लागि सबै भन्दा राम्रो समर्थन प्रदान गर्न सक्दछन्। यस बाहेक

    -कोभिड १९ को उपचारमा संलग्न व्यक्तिहरू डाक्टर, स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरू :

    -जेष्ठ नागरिक र दीर्घरोगीहरू

    -पहिलेदेखि मानसिक समस्या भएकाहरू

    -लागूपदार्थका प्रयोगकर्ताहरू

    मानिसहरूले बारम्बार मिडियामा प्रकोपको घटनाहरू देख्छन् भने तिनीहरू अधिक चिन्तित हुन सक्छन् त्यसैले चाँडै मिडिया कभरेजमा लाग्ने एक्सपोजरको मात्रा सिमित गर्ने विचार गर्नुहोस् ।

    बालबालिकाको मानसिक स्वास्थ्य स्वस्थ राख्ने उपायहरू

    बालबालिकाको मानसिक स्वास्थ्यमा पारेको असरलाई कम गर्ने तथा मानसिक रूपले स्वस्थ रहने विभिन्न उपाय छन्। क्वारेन्टाइनमा बस्दा कसरी मानसिक रूपमा स्वस्थ हुने उपायको शुरूआत भने आफूबाटै गर्नुपर्छ।

    ड्ड बालबालिकाको शारीरिक र भावनात्मक सुरक्षा सुनिश्चित गनुहोस् ।

    उनीहरूको शारीरिक आवश्यकताहरू पूर्ति -भोजन, आश्रय, स्वास्थ्यसेवा) सुनिश्चित गर्नुका साथै उमेर उपयुक्त भाषामा सही तरिकाले जानकारी प्रदान गरेर भावनात्मक सुरक्षा प्रदान गर्ने, मिडिया कभरेजको बिस्तारलाई सीमित तुल्याउने, र परिचित संरचना र पूर्वानुमानित दिनचर्याहरू सिर्जना गर्ने वा पुनस्थापना गर्ने समावेश गर्दछ ।

    -बालबालिकाको स्वस्थ सम्बन्ध निर्माण र कायम राख्नुहोस् ।

    यसमा समर्थन र वयस्कहरू जस्ता देखभाल गर्नेहरू,अभिभावक, परिवारका सदस्यहरू, शिक्षकहरू, र यसका साथै साथीहरूसँग सम्पर्क , टाढा रहेका आफ्ना आफन्त तथा नातेदारसँग फोन तथा भिडीयो कल मार्फत कुराकानी गर्न प्रोत्साहन गर्नुहोस् ।

    -समर्थन र भावनात्मक नियमको सामना गर्न सिकाउने सीपहरूको विकास

    बालबालिकामा समर्थन र भावनात्मक नियमको सामना गर्न सिकाउने सीपहरू प्रकोपको बेला र अन्य तनावग्रस्त समयको बीचमा लचिलोपन निर्माण गर्नु महत्वपूर्ण छ। यसले बच्चाहरूलाई कसरी शब्दहरूमा भावनाहरू अभिव्यक्त गर्ने, सकारात्मक गतिविधिहरूमा संलग्न हुने, आराम गर्ने रणनीतिहरू जस्तैःगहिरो सास फेर्ने, सामाजिक समर्थनमा पहुँच, र समस्याहरू समाधान गर्न मद्दत पुर्याउँछ ।

    -सुत्ने तालिका निर्धारण र नियमित गर्नुहोस्

    अहिले फुर्सदमा हुँदा बालबालिकाहरु राती अबेर सुत्ने र बिहान ढिला उठ्न खोन्छन् । तर यसले गर्दा उनीहरुको शारिरीक तथा मानसिक स्वाथ्यमा नकारात्मक असर पर्छ । त्यसैले सुत्ने र उठ्ने तालिका निर्धारण र नियमित गर्न आवश्यक छ र सुत्नु भन्दा करिब १ घण्टा पहिले टि।भी। तथा मोबाईल हेर्ने नदिनुहोस् ।

    -सिमित विश्वसनिय सञ्चारमाध्यमलाई प्राथमिकता दिने र सकारात्मक सोच राख्ने

    विश्वसनिय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस् किनकि यस्तोबेला धेरै भ्रामक तथा नकारात्मक समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस्। समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्याउनुहोस् । समाचार हेर्ने र पढ्ने कुनै निश्चित समय रोज्नुहोस्। सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस्। बालबालिकालाई सही सुचना दिनुहोस् ।

    -सामाजिक दूरी कायम गरी संवेगात्मक सम्बन्ध कायम राख्ने

    कोभिड–१९ को रोकथामको लागि व्यक्तिबीचको दूरी ६ फिट भन्दा वढि(२ मिटर)कायम राख्नु महत्वपूर्ण छ तर सामाजिक रूपमा अलग हुनु होइन । शारीरिक दूरी कायम भए पनि संवेगात्मक सम्बन्ध कायम गर्न फोन वा इन्टरेनटको सहयोगबाट कुराकानी गर्नुहोस् । तपाईंले सबभन्दा वढि विश्वास गरेको यो मनको कुरा त्यो मनले वुझ्ने व्यक्तिहरु सँग कुरा गर्नुहोस् । उदाहरणका लागि परिवारका सदस्यहरू वा साथीहरू सँग कुराकानी गर्दा तपाईंको भावनात्मक र संवेगात्मक अवस्था शान्त बनाउन मद्दत पुग्छ ।

    -समय तालिका बनाउनुहोस

    विद्यालय जाने उमेरका केटाकेटीहरु रुटिनमा जीवन विताउने गरी समय तालिका बनाइ घरमा पनि उनीहरुलाइ स्वतन्त्र रुपमा सिकाइ गर्नको लागि वातारण मिलाउनु आवश्यक छ ।अभिभावकले बालबालिकाहरुले गर्ने दैनिक क्रियाकलापलाई नियमित गराउन सहयोग गर्नुपर्दछ । समय तालिका बनाउँदा प्रत्येक ५० मिनटको काम पछि १० मिनटको विश्राम दिनु मनोवैज्ञानिक अध्ययनले सुझाव दिएको छ । समय तालिका बनाउँदा विभिन्न बौद्धिक विकास हुने खालको क्रियाकलापहरु जस्तै ःकथा पढ्ने, चित्र कोर्ने,कबिता बाचन, निबन्ध लेखन, श्रृजनात्मक लेखहरु लेख्न लगाउने ।

    -सकारात्मक सामना गर्ने रणनिती अपनाउनुहोस

    बालबालिकामा समस्याहरुसंग जुध्न सकारात्मक सामना गर्ने रणनिती अपनाउनुहोस । सधै गर्ने व्यवहारहरु बाट टाढै रहने, तुरुन्तै प्रतिकृया दिने, विश्राम गर्न लगाउने, आरामदायिक अभ्यास(योगा,गहिरो श्वासप्रस्वास)को क्रियाकलापमा संलग्न गराउने ।

    अभिभावक तथा हेरचाह गर्ने व्यक्तिहरुले पहिले आफ्नो हेरचाह गर्न तथा आफ्नो शारिरीक तथा मानसिक स्वाथ्यबारे ध्यान पुर्याउन एकदम आवश्यक छ । बालबालिकाको अगाडि शाान्त रहन कोशिस गर्नुहोस् । बालबालिकाका गुनासो तथा चिन्ताको बारेमा उनीहरुसँग कुरा गर्नुहोस ।

    अन्तमा बालबालिकाको व्यवहारमा परिवर्तन देखिएमा र यी परिवर्तनहरु करीब १ महिना वा सो भन्दा बढी भएमा पेशागत सहयोग लिनु आवश्यक छ । यदि बालबालिकामा आत्महत्याको सोच,आफुलाई हानीगर्ने व्यवहारहरु, अत्तालिने, शारिरीक र मौखिक आक्रोश व्यक्त जसले उनीहरुको तथा उनीहरुको नजिकका व्यक्तिको सुरक्षाको जोखिम हुने अवस्था आएमा नजिकैको मानसिक रोग विशेषज्ञ, मनोचिकित्सक तथा मनोविमर्शकताहरुको पठाउनुपर्छ ।

    -लेखिका राजश्री गुरुकुल, भक्तपुर स्कुलकी मनोविमर्शकर्ता हुन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here