डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य / प्रजजन स्वास्थ्य विज्ञ

काठमाडौं, शुक्रबार, २६ बैशाख २०७७ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आज जटिल परिस्थिति सृजना भएको छ ।

अप्रत्यासित रुपमा आएको कोरोना संकटले गर्दा कहिल्यै नसोंचिएको लकडाउन भएको छ । लकडाउनको कारण मान्छेहरु घरभित्र बस्न बिबश भएकाछन् । यातायात नचलेको हुनाले हरेक ठाउँमा सप्लाई घटेको छ । यसको ठूलो मार यौन तथा प्रजजन स्वास्थ्यमा परेको छ ।

 – परिवार नियोजनका साधनसम्म आम नागरिकको पहुँच टाढा भएको छ । जसले गर्दा अनाबश्यक गर्भधारण बढ्नेछ, जन्मदर बढ्ने सम्भावना रहेको छ ।

– जोखिम बर्गका धेरै महिला गर्भवती हुनेछन । यसले आमा र बच्चाको स्वास्थ्य थप जोखिमपूर्ण हुनेछ ।

– मनोरञ्जनका साधन र स्थानको सिमितताको कारण यौन सम्बन्ध मनोरञ्जनको प्रमुख उपाय बन्नेछ ।

– असुरक्षित सम्पर्कको कारण धेरैलाई यौनसम्पर्कजन्य संक्रमण बढ्नेछ ।

– अनिच्छित गर्भधारणको कारण आकस्मिक गर्भनिरोध चक्की ( Emmergency Contraceptive Pills ) को सेवन बढिरहेको छ । यी औषधिको नियमित सेवन वा धेरै चक्की सेवन गर्दा हर्मोनमा असन्तुलन आएर प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्नेछ ।

– असुरक्षित गर्भपतनको कारण धेरै महिलाको ज्यान जानेछ । धेरै महिलाको स्वाथ्य जोखिमयुक्त बन्नेछ ।

– अनैच्छिक गर्भधारणको कारण धेरै महिलाको रोजगारी गुम्नेछ, उत्पादकत्व घट्नेछ । यसले थप मानसिक समस्या निम्त्याउनेछ ।

– लकडाउन, सामाजिक दुरी, परिवारसंग संगै बस्ने चलन स्थापित हुँदा अबिबाहित जोडीको मानसिक तनाब एबम कुण्ठा थप बढ्नेछ ।

– कोरोना संक्रमणले बढाएको डर, तनाब, असुरक्षाबोध र मनोबैज्ञानिक समस्याले गर्दा वयस्कमा यौनेच्छा घट्नेछ, दुर्बलता हुनेछ । जसले गर्दा पारिवारिक मनमुटाब बढ्नेछ ।

– घरेलु यौनहिँसा वृद्धि हुनेछ ।

– फरक शारीरिक क्षमता भएका धेरै महिला यौनहिंसाको सिकार हुनेछन् ।

– अर्थोपार्जनमा ब्यापक क्षय हुनेछ । जसले गर्दा बिबाह गर्ने समय धकलिनेछ ।

– यौन तथा प्रजजन अधिकार ओझेलमा पर्नेछ । यसलाई अत्यावश्यक सेवामा गणना गरिने छैन ।

– एचाइभी / एड्सको परिक्षण तथा नियमित औषधि आपूर्तिको चेन तोडिनेछ ।

– महिलाको नियमित स्वास्थ्य जाच्ने , पेल्भिक जाच, प्याप स्मेयर परिक्षण आदि प्राथमिकतामा पर्नेछैन । जसले गर्दा पाठेघरको समस्या, प्रजजन अंगको क्यान्सर तथा संक्रमण बढ्नेछ ।

– विश्व महामारीको यो समयमा गर्भवतीको नियमित परिक्षण, प्रसव सेवा तथा प्रसबोत्तर सेवा प्राथमिकतामा पर्ने छैनन् । जसले गर्दा होम डेलिभरी ( घरमा बच्चा जन्माउने ), सुबिधा नभएको स्वास्थ्य संस्थामा बच्चा जन्माउने तथा जोखिम मोलेर अस्पतालमा बच्चा जन्माउने बाध्यता हुनेछ ।

समाधानका उपायहरु :

– कोभिड नियन्त्रण उच्चस्तरीय समिति लगायत हरेक नीतिनिर्माण समितिमा महिलाको समानुपातिक प्रतिनिधित्व गराउने ।

– यौनजन्य हिँसा बिरुद्ध कठोर कानुन निर्माण तथा परिपालना गराउने ।

– यौन तथा प्रजनन परामर्श सेवाको हटलाइन ब्यबस्था गर्ने ।

– प्रसुती एम्बुलेन्सको ब्यवस्था गर्ने ।

– हरेक स्वास्थ्य संस्थामा परिवार नियोजनका साधन पर्याप्त उपलब्ध गराउने ।

– हरेक स्थानीय निकायका अस्पतालमा निशुल्क सुरक्षित गर्भपतनको ब्यबस्था गर्ने ।

– स्त्री तथा प्रसुती सेवालाई थप बिस्तार र अनिबार्य सेवाको रुपमा प्रबन्ध गर्ने ।

– महिला स्वास्थ्यकर्तालाई सुरक्षित प्रसवको तालिम दिइरहने ।

– यौन तथा प्रजजन अधिकारलाई मानब अधिकारको रुपमा स्थापित गर्ने ।

– रेडियो, एफएम, टेलिभिजन, पत्रिका लगायत सञ्चार माध्यममा यौन तथा प्रजजन स्वास्थ्यको नियमित कार्यक्रम प्रकाशन / प्रसारण गर्ने ।

– परामर्श सेवालाई बिस्तार र प्रभावकारी बनाउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here