कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उच्च जोखिम बढिरहेको र छिमेकी स्थानीय तह समेत संक्रमित देखिएको हुदाँ उक्त जोखिमलाई न्यूनिकरण गर्न पालुङटार नगरपालिकाको मिति २०७७।०५।१४ गतेको निर्णय अनुसार मिति २०७७।०५।१५ देखि २०७७।०५।२२ गते सम्म पालुङटार नगरपालिकाको सम्पूर्ण नाकाहरुमा कडाइका साथ देहाय अनुसार गर्नु गराउनुहुन सबैमा जानकारी गराईन्छ ।

१. पालुङटार नगरपालिका भित्रका सबै कार्यालय, बैक वित्तिय संस्थाहरु सामाजिक दुरी कायम गरी नियमानुसार खोल्ने ।

२. एम्बुलेन्स, शववाहन तथा अत्यावश्यक खाद्य सामाग्री ढुवानी सवारी साधन, औषधी ओसारपोसार गर्ने सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेको सवारी साधन, पानी, दुध, पेट्रोल ट्यांक, फलफुल तथा तरकारी बोकेको सवारी साधन, सरकारी सवारी साधन (दुइ पाङग्रे, चार पाङग्रे) कुटनीतिज्ञ निकायको सवारी साधन अनुमति प्राप्त सवारी साधनहरु प्रेस (पास भएका), स्वास्थ्यकर्मी, सवारी साधन जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास प्राप्त सवारी साधनहरु साथै मालबाहक तथा निर्माण सामाग्री ढुवानीका साधनहरु यस पालिका भित्र मात्र संचालन हुने ।

३. अन्तर पालिका भई संचालन हुने सार्वजनिक यातयात, निजि सवारी साधन (बस, ट्याक्सी, जीप, कार लगायत अन्य) लाई यस पालिकाको सबै प्रवेश मार्गबाट प्रवेश गर्न नदिने ।

४. औषधी तथा औषधीजन्य पसल, खाद्यन्न, विद्युत, तरकारी पसल लगायतका पसलहरु खुल्ने ।

५. घर बाहिर ननिस्कने, यदि अत्यावश्यक कामकाजका लागि निस्कनु पर्दा अनिवार्य रुपमा माक्स लगाउने, समूहमा नबस्ने, नहिड्ने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र सार्वजनिक स्थलहरु, मठमन्दिर, खेल मैदान आदि जस्ता ठाँउहरुमा जमघट नहुने ।


……………………………….
बाबुराम कारखेती
नि. प्रमुख प्रशासकीय अधिकृत

गोरखा, सोमबार, १५ भाद्र २०७७ ।


बोधार्थः
श्री इलाका प्रहरी कार्यालय, ठाँटीपोखरी, गोरखा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here