काठमाडौँ, ( टोखा), शुक्रबार, १९ भाद्र २०७७ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले टोखा नगरपालिकामा कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीले उच्च सक्रियता देखाएको स्पष्ट गर्नुभएको छ । जनप्रतिनिधि र कर्मचारीले निरन्तर कोभिड १९ रोकथाम र नियन्त्रण कार्यमा खट्दै आएको उहाँले स्पष्ट गर्नुभयो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न जटिल परिस्थितिमा नगर प्रमुख प्रकाश अधिकारी, उप-प्रमुख ज्ञानमाण डंगोल सबै वडाध्यक्ष, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु दिनरात खटेकै कारण टोखामा कोरोना भाइरस (कोभिड-१९) बाट सिर्जित समस्या समाधान भइरहेको बताउनुभयो ।

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण कार्यमा अहिले धेरै स्थानीय तहका लागि टोखा नमून बनेको दाबी गर्दै टोखा प्राथमिक स्वाथ्य केन्द्रलाई वागमति प्रदेश सरकारले प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

कोभिडका बिरामी राख्नका लागि टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा आइसोलेशनको व्यवस्था गरेको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीले कोभिडका संक्रमितको उच्च निगरानी राख्दै संक्रमित व्यक्तिसँग नियमित सक्रम्पर्कमा रहेको पौडेलले जनकारी दिनुभयो ।

नगरपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले कोरोना भाइरस (कोभिड-१९) बाट बच्चनका लागि अनावश्यक घर बाहिर नहिड्न, र स्थानीय प्रशासन घोषणा गरेको निषेधाज्ञालाई पालना गर्न र स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो ।

कोभिडलाई हेल चक्रयाइ नगरी सवाधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here