दक्षिण कोरिया, बोम्जन गुरुङ, बिहिबार, १ जेठ २०७७ । कोरियाबाट “कलाकार आकस्मिक सहयोग संकलन अभियान” मा आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिरहेको अवस्थामा नेपालमा भएको लकडाउनको असरले समस्यामा परेका सम्पूर्ण कलाकारहरुलाई विशेष लक्षित गरि आर्थिक सहयोग प्रदान गरेको हो ।

नेपालस्थित राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल केन्द्रले रिता थापा मगरको संयोजकत्वमा बनेको आकस्मिक सहयोग समितिलाई ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको हो । उक्त संकलित रकमबाट वास्तविक पिडितको पहिचान गरि राहत प्याकेज उपलब्ध गराउने तीव्र तयारी भईरहेको जनाएको छ ।

सन् २०१८ मा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले विभिन्न मनोरञ्जनामक कार्यक्रमका अतिरिक्त विभिन्न संस्थाहरुसँग समन्वय गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आइरहनुका साथै  केही महिना अगाडी गैर आवासीय नेपाली संघ (एनआरएनए ) दक्षिण कोरियाद्वारा सञ्चालित “एक व्यक्ति, एक स्वास्थ्य किट्स” अभियानमा  दश हजार अर्थात १ लाख वोन सहयोग गरेको दक्षिण कोरिया शाखा अध्यक्ष जीतन भाई श्रीषले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here