काठमाडौं, आइतबार, ८ चैत्र २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ ।
भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो ।
आज जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध छ ।’
मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ ।
बिज्ञप्ति
