पोखरा , सोमबार १५ वैशाख २०७७ । “कहिलेकाहिँ लाग्छ डाक्टर पेशा, जस कम र अपजस बढी हुने पेशा हो, तर पनि सन्तुिष्टका पलहरु भेटिन्छन्, पेशा प्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसहरुमा अल्झिन दिदैँन ।” यि अनुभूती धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ट डा शैलेन्द्र पोखरेलका हुन् ।

चिकित्सक पेशाको १५ वर्षीय दौडानमा उहाँले धेरैपल्ट हर्ष र विस्मातका परिवेशसँग ठोकिनु परेको छ । बिरामीको उपचारमा मिल्ने सफलताले दिलाएको हर्ष र उपचार सम्भव नहुँदा आँखा अगाडि बिरामीले संसार छोडेका धेरै घटनाले उहाँलाई दुखी बनाएको छ ।

उहाँलाई पछिल्लो पटकको मिलेको सन्तुष्टि भनेको कोराना सङ्क्रमित अंशु र मनकुमारी लाई निको बनाएर घर फर्काउँदाको हो । “चिकित्सक पेशा नै यस्तो हो जहाँ बिरामीलाई निको बनाएर जीवन दिनु र उहाँका परिवारमा खुशी दिनुसँग जोडिन्छ, त्यही भित्रको आनन्दले पेशा प्रति सधैँ गर्व लाग्छ, पछिल्लो समय विश्व महामारीमा रहेको कोरोना भाइरसबाट बागलुङमा पनि दुई सङ्क्रमित देखिए।, पर्याप्त पूर्वाधार विनानै उहाँहरुलाई भर्ना गरेर सफल उपचार पछि घर फर्काउन सफल हुँदाको पलले सन्तुष्ट मिलेको छ ।”

पोखरेलले त्यो पल सम्झदै भन्नुभयो, “ चैत १५ गते बागलुङ नगरपालिका वडा नं ४ कि अंशुको स्बाबको परीक्षण पोजेटिभ आयो । धौलागिरि अस्पताल कोरोनाको ‘डेडिकेटेट’ अस्पताल थिएन, आवश्यक उपकरण पनि थिएन, सबैभन्दा पहिले चाहिने पिपिइ पनि हामीसँग थिएन , एकछिन त के गराँै, कसो गरौँ भयो । प्रमुख जिल्ला अधिकारी लगायतसँग बैठक बस्यौ, पोखरा, काठमाडौंका चिकित्सकसँग सल्लाह पनि गर्यौ, उहाँहरुले सकेसम्म उतै उपचार गरे हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभयो । धेरैनै ढिला हुने जस्तो भएपछि मैले बागलुङमै भर्ना गर्ने निर्णय गरें, जोखिम मोेलेर जुन कदम चालियो अन्ततः सफल भयो ।” पोखरेलले भन्नुभयो “तत्कालको निर्णयले पनि सबै राम्रो भयो, बागलुङ जिल्ला अहिले ग्रिन जोनमा पर्न सफल भएकोमा खुशी लागेको छ ”

उहाँले अंशु भर्ना पछि मात्र प्रदेश सरकार र संघीय सरकारबाट पिपिई आएको बताउनुभयो । “हामीसँग पिपिइ समेत थिएन, स्थानीय स्रोत साधनको उपयोग गरेर बनाएका केही थान पिपिइ थिए तर कोरोनाको लागि भरपर्दो थिएनन् ।”

“अंशुको अस्पतालको आइशोलेशन उपचाररत रहिरहँदा बागलुङकै ६५ वर्षीय महिलामा पनि सङ्क्रमण देखियो, उहाँलाई पनि हामीले अस्पतालमा भर्ना ग¥यौ, दैनिक डाक्टर, नर्स र सहयोगीहरुले उहाँहरुको स्वास्थ्य निगरानीमा खटिनुभयो ।” पोखरेलले भन्नुभयो “यो सफलतामा डा।प्रदिप श्रेष्ठ, डा।मछिन्द्र लामिछाने, डा। पुजन बल्ल, डा। मिलन श्रेष्ठ, डा। दिपक मगराँती लगायत डाक्टर, नर्सहरु र सहयोगीहरु सबैको उत्तिकै योगदान छ ।”

उपचारको क्रममा अंशुमा त्यस्तो स्वास्थ्य समस्या नदेखिएको तर मनकुमारीले भन नियमित दमको औषधि सेवन गर्दै आउनु भएको र अस्पताल आएपछि उच्च रक्तचापको समस्या देखिएको बताउनुभयो । “उहाँले शुरुमा प्रेसरको औषधि खान मान्नुभएन, हामीले विशेष अनुरोध गरेर सम्झाए पछि बल्ला औषधि सेवन गर्नु भयो र विस्तारै उहाँको अवस्था सामान्य हुँदै आयो ।”

उपचारमा मनोचिकित्स धिरेन्द्र पौडेलको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । “मनोपरामर्शबाट पनि उहाँहरुको आत्मबल बढाउन सक्रिय रह्यौं चिकित्सक एवम् स्वास्थ्यकर्मीको आग्रहलाई उहाँहरुले पनि पूर्ण पालना गर्नुभयो । यसले हामीलाई पनि सहज बनायो र उहाँहरुको स्वास्थ्यलाभ हुँदै गयो । ”

“चैत १५ गते भर्ना गरिएकी अंशु भन्दा चैत २० गते भर्ना हुनुभएको मनकुमारी १७ दिनमा कोरोना नेगेटिभ आयो तर अंशुमा पोजेटिभ देखियो यसले अंशुमा असर पर्छ कि भनेर हामीले विशेष सतर्कता अपनाएर, मनोचिकित्सक सहितको टोली मनोपरामर्शमा जुट्यौ ।” अन्ततः पाँचौ पटकमा नेगेटिभ आयो र छैठौँ पटक पनि नेगेटिभ आएपछि उहाँ पनि घर जानुभयो ।

चिकित्सक पोखरेलले रोग प्रतिरोधात्मक क्षमताकै कारण एकको छिटो र अर्कोको ढिलो नेगेटिभ रिपोर्ट आएको बताउनुभयो । “ रोग प्रतिराधात्मक क्षमताले नतीजा एकको छिटो र अर्को को ढिला आएको हो, उहाँहरुलाई हामीले अझै पनि होम आइलोशेनमा बस्न आग्रह गरेका छौ । धेरैले पुनः सङ्क्रमण हुने, नहुने बारेमा जिज्ञासा पनि राख्नुभएको छ , पूर्णरुपमा हामीले सङ्मण हुदैन भन्न त सक्दैनौ, तर हुने सम्भावनका निकै न्यून हुन्छ ।”

उहाँले धौलागिरि अस्पतालमा अहिले भेन्टिलेटर सहित सघन उपचार कक्षको काम पनि अघि बढेकाले अब अन्य बिरामीका लागि पनि विशेष सेवा दिन सक्षम रहेको बताउनुभयो ।

डाक्टर पोखरेल गोदबाको दाबेदार मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्धारा धौलागिरि अस्पतालका मेसु गोरखा दक्षिण बाहुको दाबेदार भएको बताउनुु भएको छ ।

उहाँले पोखराका पत्रकारसँगको कुराकानीमा भन्नुभयो “बागलुङमा कोरोना सङक्रमण देखिए पछि मै हुँ, भन्ने डाक्टर पनि डराए तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र पोखरेलले भने बागलुङमै भर्ना गरेर उपचार गर्छु भन्नुभयो ।” उहाँले भन्नुभयो, “बागलुङका डाक्टर, नर्स विशेष धन्यवादको पात्र हुनुहुन्छ, डा। शैलेन्द्र ,प्रदीप श्रेष्ठ, नर्स दिदीबहिनी र चिकित्सक सबैलाई म धन्यवाद दिन चाहन्छु , उहाँहरुले आँट देखाउनु भयो र उपचार सम्भव भयो ।”

उहाँले प्रशन्न हुँदै भन्नुभयो “अहिले गोदबा (गोरखा दक्षिण बाहु) पाउने स्थिति भएको भए त गोदबा प्रथम पाउने मान्छे हो ।”

मुख्यमन्त्री गुरुङले बागलुङका दुई संक्रमित निको भएपछि गण्डकी प्रदेश तत्काल कोरोनाको रेड जोनबाट ग्रिन जोनमा पुगेको तर अझै सतर्कता भने आवश्यक रहेकोमा जोड दिनुभयो । पोखरा एक्सप्रेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here