काठमाडौं, बुधबार, १७ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित मध्ये ३ सय २० महिला र पुरुष ८०० जना हुनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा १ हजार १ सय २० जनामा संक्रमण देखिएको बताउनुभयो । यससँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यससहित डिस्चार्ज हुनेको कुल संख्या २३ हजार २ सय ९० पुगेको छ । यो ५६ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ६ सय १५ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ७ सय ६६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here