काठमाडौं, शुक्रबार, १९ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६ सय ३८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ७ लाख ४५ हजार ४ सय ९० जनाको पिसिआर परीक्षण भएको छ ।

संक्रमित मध्ये ४ सय ६४ महिला र पुरुष ८ सय ९५ जना हुनुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा १ हजार ३ सय ५९ जनामा संक्रमण देखिएको बताउनुभयो ।

यससँगै कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ५४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २५ हजार ५ सय ६१ पुगेको छ । यो ५८ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना रहनुभएको छ ।

हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ५ सय ६१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here